को हुँ म ? ….एउटा कविता ।।


बुझ्न नखोज मलाई, तिम्रो चेतनामा नअटाउने निराकार हुँ म ।।

अणु भित्रको पर्माणु हुँ, तर आँफैमा असिमित संसार हुँ म ।

भानुको ज्वाला हुँ, मेघको मुस्लाधार हुँ म।।

दिनको उज्यालो रातको अन्धकार हुँ म।

सुमेरुको सामर्थ्य, शेषनाग को फुँकार हुँ म ।।

देवताको कृपा हुँ, दनविय हाहाकार हुँ म ।

ईन्द्रको बज्र हुँ, नारायणको सुदर्शन हुँ, यमपाषको प्रहार हुँ म।।

समस्त वेद र गीताको सार हुँ म।

ब्रह्माण्ड व्याप्त ॐकार हुँ म।।

के बुझ्यौ ? आफ्नै शब्दमा लुकेको आहँकार हुँ म।

तेही आहँकारकै कारण त आँफैमा धिक्कर हुँ म……आँफैमा धिक्कर हुँ म।।