मरे तुल्य जीवन कठै।।


अाँट कत्रो ति अस्तित्वहिन बिधताको?
जो तेरो नियतीमा आफ्नो अदृस्य कलम चलाउछन्।

अाँट कत्रो ति टाटे पाङ्ग्रे रेखाहरूको?
तेरै हत्केला म बसि तलाईनै डोऱ्याउछन्।

अाँट कत्रो ती ग्रह नक्षत्रको?
छन् आफैमा निर्जीव, तर तेरो जीवन चलाउछन्।

गलती त तेरै देख्छु, चुक त तँबाट नै भो।
तेरै सिर्जित पाषाणको अघि  शिर झुकाउने  त तँनै हो।।

मुठ्ठी बन्द गरे बिलाउने रेखा अनि,
योजनौ टाढाका  नक्षत्रले,
अधिनमा राख्न सक्छन, तेरो भाग्य चक्र भने।
तेरो मानव हुनुको अौचित्य के?

येति निरीह त नबन् ए मानाव, तँ त  बलवान् छस् ॥
आधिपती तँ सृष्टिको, सर्वशक्तिमान छस ।
कर्म तेरो भाग्य तेरो
तँ आदम्य छस् महान छस्।।

तुच्छ नबन्, बिवस नबन् ।
नलिये फिर्ता नियती कतै।
मनव हुनुमा धिक्कार छ।
मरे तुल्य जीवन कठै……मरे तुल्य जीवन कठै।।